प्रहरीले अध्यागमन अधिकृत कुटेपछि पाँच कर्मचारी संगठनको अल्टिमेटम


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीका लागि कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अल्टिमेटम दिने भएका छन् ।

आइतबार बिहान बसेको पाँच कर्मचारी संगठनको संयुक्त बैठकलेगृहमन्त्री श्रेष्ठलाई भेटेर कुटपिटमा संलग्न प्रहरीलाई निलम्बन गर्न ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनकबहादुर रावलले जानकारी दिए ।

घटनाबारे छलफल गर्न आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए ।

गत शुक्रबार दिउँसो अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेका थिए ।

अधिकृत मोक्तान ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको थियो ।

 

 

प्रतिक्रिया