


प्रहरी समायोजनको विषयमा छलफल गर्न सातै प्रदेशका गृहमन्त्री सिंहदरबारमा

काठमाडाैं- सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेका छन् ।
प्रहरी समायोजन ऐनका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्न उनीहरू मन्त्रालय पुगेकाे गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।
संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि संविधानको अनुसूचीमा उल्लेखित प्रदेश सरकारको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजनलगायत अधिकार प्रयोग गर्न नपाउँदा प्रदेशको शान्ति सुरक्षा, सुशासन, विकास र समृद्धिमा बाधा पुगिरहेको प्रदेशका आन्तरिक मामिला मन्त्रीले गुनासाे छ।

