

बाबुछोरी चढेको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

चितवन – चितवनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
चितवनको शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र. ०३–००१ च ११९७ नम्बरको बोलेरो गाडीले शनिबार बा.प्र ०३–००३ प ८६२४ नम्बरको मोटरसाइकललाई शिवघाटमा ठक्कर दिँदा मोटरसाइक्ल चालकको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ४१ वर्षीय मधुसुदन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको शनिबार बेलुका साढे ८ बजे बाबुको मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी छोरी अपेक्षाको भने उपचार जारी छ।

