फुटपाथ व्यापारीले घेरे काठमाडौं महानगर


काठमाडौं– फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । बुधबार व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

उनीहरुले ‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’  लगायतका प्लेकार्ड बोकेका थिए ।

 

 

प्रतिक्रिया