नक्कली प्रवेशपत्र बनाएर सवारी लाइसेन्सको परीक्षा दिने युवक पक्राउ


काठमाडाैं- तीनवटा प्रवेशपत्रसहित चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा सहभागी एक जना क्राउ परेका छन् ।

भक्तपुरको राधेराधेस्थित इजी ट्रायल सेन्टरबाट सोमबार दुईपाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परीक्षाका क्रममा इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्दै आएका १८ वर्षीय सिजन पुरी पक्राउ परेका हुन् ।

पुरीले पहिलोपटक परीक्षामा अनुत्तीर्ण भई दोस्रोपटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएको र पुनः परीक्षामा अनुत्तीर्ण भएकोमा तेस्रोपटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी हुने क्रममा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पुरीमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया