आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्यमा समेत गिरावट आएको छ । हिजो (सोमबार)को तुलनामा आज २० रुपैयाँले घटेसँगै प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया