यस्तो छ भोलि प्राण प्रतिष्ठा हुने राम मन्दिरभित्रको नजारा [फोटोफिचर]


काठमाडौं- भोलि भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । सोमबार स्थानीय समयअनुसार दिउँसो १२ः२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । उक्त प्राण प्रतिष्ठा नेपाली पुजारी दुर्गाप्रसाद गौतमले गराउँदैछन् ।

रामललाको जीवन अभिषेक समारोहलाई भव्य बनाउन सबै तहमा तयारी भइरहेको छ । गर्भगृहदेखि राम मन्दिरसम्म पुरै फूल र बत्तीले सजाइएको छ । कार्यक्रममा आउने अतिथिका लागि कुर्सी जडानको काम अन्तिम चरणमा पुगेको छ ।

मन्दिरका खम्बाहरूमा भव्य नक्काशी गरिएको छ। पर्खालहरू मूर्तिहरूले सजाइएका छन्। तस्बिरमा भगवान रामको निवास अद्भुत र अलौकिक प्रकाशमा देखिन्छ। मन्दिरको भव्यता हेर्न लायक छ।

राम मन्दिरको उद्घाटन र रामललाको नयाँ मूर्तिको अभिषेकका लागि अयोध्यालाई २५ सय क्विन्टल फूलले सजाइएको छ । गर्भगृह सजाउन कर्नाटकबाट फूल ल्याइएको हो । यसका लागि थाइल्याण्ड र अर्जेन्टिनासँगै दिल्ली र कोलकाताबाट सुन्दर विदेशी फूलको खेप ल्याइएको छ ।

प्राणप्रतिष्ठा कार्यक्रमलाई लिएर रामनगरीको सुरक्षामा कडाईुमेत गरिएको छ । शनिबार रातिदेखि अयोध्याधाम जिल्लासहितका सीमानाका सिल गरिएको छ ।

-भारतीय सञ्चारमाध्यम आजतक र अमर उजालाको सहयोगमा

 

प्रतिक्रिया