सुदूरपश्चिमको लगातार तेस्रो जित, आर्मीले काेशीलाई ९ विकेटले हरायाे


काठमाडाैं- प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो खेलमा जित हात पारेको छ ।

बिहीबार भैरहवामा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि १०८ रनको जित निकालेको हो । गण्डकी भने लगातार तेस्रो खेलमा पराजित भयो ।

सुदूरपश्चिमले दिएको २०२ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमै अलआउट भयो ।

यस्तै त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई हराएको छ ।  मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशीलाई ९ विकेटले हरायो । कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो ।

प्रतियोगितामा आर्मीको यो दोस्रो जित हो । आर्मीले ३ खेलमा ४ अङ्क जोडेको छ । कोशीको यो लगातार चौथो हार हो ।

प्रतिक्रिया