
धनगढी उपमहानगरले रोजगारीका लागि युवालाई जापान पठाउने
कैलाली– कैलालीकाे धनगढी उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका युवाहरुलाई रोजगरीका लागि जापान पठाउने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) सँगको सहकार्यमा उपमहानगरले युवाहरूलाई जापान पठाउने भएको हो ।
‘धनगढीका युवाहरूलाई ५ वर्षका लागि जापान पठाउने गरी सम्झौता भएको छ । उनीहरुले ५ वर्षमा सीप पनि सिकेर आउने र यता फर्केपछि त्यही पूँजीले थप ५ जनालाई रोजगारी पनि दिने मोडेलमा जापान पठाउन लागिएको हो’ मेयर गोपाल हमालले भने ।
सम्झौतामा धनगढी उपमहानगरपालिकाको तर्फबाट नगरप्रमुख गोपाल हमाल र जाइकाको तर्फबाट प्रोजेक्ट म्यानेजर राजनकुमार पौडेलले बिहीवार हस्ताक्षर गरेका छन ।
सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले युवाहरूलाई जापानमा सीप सिक्न पठाउने छ । जापान जाने युवा स्वदेश फर्केपछि सीप सिकेको र रोजगार सिर्जना गर्ने बन्नुपर्ने नगरप्रमुख हमालले बताए ।



कागजपत्र |
