सिटाैला राष्ट्रियसभा उम्मेदवार, सजिलो बाटो हुँदै संसद् फर्कने तयारी


काठमाडौं – राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर हानिएका छन् ।

सत्ता गठबन्धनबाट कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति नभएको स्रोतले बतायो ।

प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभामार्फत पुनः संसद फर्कने तयारीमा छन् ।

उनी राष्ट्रिय सभा अध्यक्षका दाबेदारसमेत हुन् । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउने बचन दिइसकेका छन् ।

प्रतिक्रिया