


ध्यान अन्तै खिचेर बालकुमारी घटनालाई लुकाउने प्रधानमन्त्रीको डिजाइन : भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थाविरुद्धको डिजाइन भन्दै बालकुमारी घटनालाई लुकाउन खोजेको आरोप लगाएका छन् ।
स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले ‘ग्रयान्ड डिजाइन’ भन्ने शब्द प्रयोग गरेर सत्ताको खेल खेलेको भन्दै नेता रावलले प्रचण्न्डले पनि त्यस्तै तरिका अपनाएको आरोप लगाएका हुन् । ‘गिरिजा प्र. कोइरालाले ग्र्याण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइन भएको भनेका छन् कस्तो र कसले गरेको रु प्रधानमन्त्रीले भन्नुपर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रधानमन्त्रीको डिजाइन हुनसक्छ ’ उनले ट्वीटरमा लेखेका छन् ।
सोमबार एक कार्यक्रममा प्रधानमन्त्रीले दुई युवक मारिएको घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका गरेका थिए ।

