मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन


काठमाडाैं- संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न माग गर्दै सोमवार काठमाडौंमा प्रदर्शन गरिएको छ । सनातन धर्म–संस्कृतिको विरुद्ध अभिव्यक्ति दिएको भन्दै धार्मिक समाजको आह्वानमा सोमवार काठमाडौंको गौशालाबाट प्रदर्शन भएको हो ।

कार्यक्रममा मन्त्री किराँती विरुद्ध चर्को नाराबाजी भएको छ । प्रदर्शनमा सहभागिहरुले मन्त्री किरातीको राजीनामा काग गरेको प्लेकार्ड प्रदर्शन गरेका छन् ।

केही दिनअघि एक कार्यक्रममा मन्त्री किरातीले क्रिष्चियन धर्म नमान्नेहरू संविधान विरोधी भएको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको आजसम्म पनि चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया