थाइ एयरवेजद्वारा ८० थान ग्राउण्ड ह्यान्डलिङ्ग उपकरण नेपाल एयरलाइन्सलाई हस्तान्तरण


काठमाडौं- नेपाल एयरलाइन्सले थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ्ग गर्ने सम्झौता गरेको छ ।

गत कात्तिक ११ गते थाइ एयरवेजबीच र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको थाइ एयरवेजको ८० थान ग्राउण्ड ह्यान्डलिङ्गको सामग्री समेत नेपाल वायुसेवा निगमलाई प्रदान गरेको छ । निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले र थाइ एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका छन् ।

उक्त सामग्री लिनका लागि नेपाल सरकारबाट गत साउन ३ स्वीकृत भएको थियो । निगमका अनुसार सामग्री राख्‍ने स्वीकृत भएसँगै आवश्यक समन्वय गरी उक्त सामग्रीहरू निगमको स्वामित्वमा रहने गरी मंसिर ३० गते हक हस्तान्तरण सम्झौतासमेत भएको हो ।

लामो समयदेखि थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडानको सेल्फ ह्यान्डलिङ गर्दै आएको थियो ।

 

प्रतिक्रिया