एउटै रूखमा झुन्डिएको अवस्थामा फेला परे आमा-छोरा


रुपन्देही – प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेका छन्।

स्थानीय विष्णा खड्का र उनका छोरा विशाल खड्का मृत भेटिएका हुन्।

काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगेको छ । मृतकका श्रीमान् र बुबा मजदुरीका लागि भारतमा छन् ।

प्रतिक्रिया