

पाल्पा-बुटवल खण्ड सय दिनसम्म दैनिक ६ घन्टा बन्द

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा-बुटवल सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ-जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए ।

