सिन्धुली क्याम्पसका विद्यार्थीका माग पूरा गर्न नेविसंघ नेता भट्टको माग


सिन्धुली – नेपाली कांग्रेसको विद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले सिन्धुली बहुमुखी क्याम्पसमा विद्यार्थीले उटाएका माग पूरा गर्न खबरदारी गरेका छन् ।

भट्टले एक विज्ञप्ति जारी गर्दै क्याम्पसका विद्यार्थीहरुले उठाएका जायज मागलाई क्याम्पस प्रशासनले तत्काल सम्बोधन गर्नुपर्ने जनाएका हुन् ।

उनीÞद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘सिन्धुली जिल्लाको शैक्षिक धरोहर मानिएको सिन्धुली बहुमुखी क्याम्पसमा भएका गतिविधिहरुप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त क्याम्पसका सन्दर्भमा स्ववियु सभापति तथा नेविसंघ नेता कृष्ण लामिछानेको नेतृत्वमा नेविसंघका साथीहरुले उठाउँदै आएका सम्पूर्ण मागहरुप्रति नेपाल विद्यार्थी संघ ऐक्यबद्धता प्रकट गर्दछ ।’

साथै विज्ञप्तिमा, ‘क्याम्पसलाई राजनीतिक भागबन्डा वाट बाहिर राख्नुपर्ने, क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, क्याम्पसमा आर्थिक पारदर्शीता हुनुपर्ने, प्राध्यापकहरु हाजिर गरेर बाहिरिने प्रथा अन्त्य हुनुपर्ने, विद्यार्थीलाई क्याम्पसको नियमअनुसारका सुविधा उपलब्ध गराउनुपर्ने, विगतदेखी गुनासो आएका विषयहरु तत्काल सम्बोधन गरिनुपर्ने, त्तब्ब् प्राप्त गर्दा पूरा गरेका मापदण्ड कायम गरिनुपर्ने लगायत सम्पूर्ण मागहरू तत्काल पूरा गर्न नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति सिन्धुलि वहुमुखि क्याम्पस प्रशासनलाई आग्रह गर्दछ’, उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया