एनएसएल फुटबलः आज २ खेल हुँदै


काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् ।

आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी बीच प्रतिस्पर्धा हुने छ ।

पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ ।

यस्तै, आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् ।

झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ । जारी लिगमा झापा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अङ्क जोडेको छ ।

प्रतिक्रिया