

चेक गणतन्त्रको एक विश्वविद्यालयमा बन्दुकधारीद्वारा गोली प्रहार, १४ जनाको मृत्यु २५ घाइते

एजेन्सी – चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ ।
एक बन्दुकधारीले गोली प्रहार गर्दा २५ जनाभन्दा धेरै घाइतेसमेत भएका छन् ।
जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

