सय घर रहेको ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० घर खरानी


काठमाडौं– ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार दोभानमा भिषण आगलागी हुँदा ४० घर जलेर नष्ट भएका छन्।

आगलागीका क्रममा ठूलो धनमालको क्षति भए पनि मानवीय क्षतिको विवरण आएको छैन। प्रदेश १ प्रहरी कार्यालयका अनुसार आगलागी नियन्त्रणका लागि ताप्लेजुङ नगरपालिकाको दमकलको प्रयोग भएको छ तर नियन्त्रणमा आउन सेकेको छैन।

आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको छ। आगलागीको मूल कारण खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया