

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं – आज (मंगलबार) सुनको मुल्य तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ ।
सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।
सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

