मोरङमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


मोरङ- मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाटो हिँड्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया