बँदेल मार्न थापिएको पासोमा फसेको चितुवाको उद्दार


कञ्चनपुर- कञ्चनपुरमा सिकारीले पासोमा पारेको पोथी चितुवाको जिवितै उद्धार गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको– ८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट बँदेल मार्न थापिएको पासोमा परेको चितुवाको उद्दार गरिएको हो ।

आइतबार राति चितुवा पासोमा परेको थियो । स्थानीयहरुले चितुवा पासोमा परेको देखेपछि वनलाई खबर गरेका थिए । सोमबार बिहानै चितुवालाई पासो मुक्त गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले बताए ।

डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले चितुवाको उद्दार गरेको हो ।

 

 

प्रतिक्रिया