


कर्णाली नदीमा विश्वकै लामो र्याफ्टिङ हुँदै, शुल्क ४५० डलर

काठमाडौं– अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता ‘द ग्रेट कर्णाली क्वेस्ट’ २०२४ मार्च ८ देखि १३ तारिखसम्म नेपालमा हुने भएको छ ।
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुन लागेको हो ।
कर्णाली क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको जनाइएको छ । प्रतियोगितामा १६ टिमको लागि फेब्रुअरी ५ देखि २४ सम्म खुला गरेको छ । अहिलेसम्म ६ अन्तर्राष्ट्रिय टिम सहभागिता हुने निश्चित भइरहेको पनि आयोजकले जनाएको छ ।
आठबिस नगरपालिकाको राकम कर्णालीबाट कैलालीको दौलतपुर घाटसम्म राफ्ट दौडले कर्णाली नदीको किनारमा २४८ किलोमिटर पार गर्नेछ ।
पत्रकार सम्मेलनमा बोल्दै द ग्रेट कर्णाली क्वेस्टका अध्यक्ष मेघ आलेले द ग्रेट कर्णाली क्वेस्ट राफ्ट दौडमा भाग लिने टिमले ४५० डलर शुल्क तिर्नुपर्ने बताए । द ग्रेट कर्णाली क्वेस्टको पुरस्कार ३ हजार डलर राखिएकोमा ४ हजार डलर पुग्ने अपेक्षा रहेको बताए ।

