काठमाडौंमा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्‍यु


काठमाडौं- काठमाडौंमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बिहीबार राति कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका–८ साँखु घुमार चोकका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो ।

प्रदेश ३०१०० ३ क ६४८८ नम्बरको गाडीले बागमती प्रदेश ०२०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन् ।

गाडीका चालक भने फरार छन् ।

प्रतिक्रिया