अर्थतन्त्रको समस्या देखाउँदै स्वार्थ समूहले फाइदा लिन खोजेको छः कार्यबहाक प्रधानमन्त्री खड्का


काठमाडौं – कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रको समस्या देखाएर स्वार्थ समूहले फाइदा लिन खोजिरहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई संम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताए।

रक्षामन्त्री खड्काले भने,‘अहिलेको लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको छ । सरकार जिम्मेवारीका साथ अर्थतन्त्र सुधारमा लाग्छ, प्रधानमन्त्रीले गम्भीर पहल गरेकाले अर्थतन्त्र आफ्नो लयमा फर्किने छ ।’

सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको र पुँजी बजार तथा घरजग्गा व्यवसायले लय समाउन लागेको उनको दाबी छ ।

रक्षामन्त्री खड्काले अर्थतन्त्र जोखिममुक्त भने नभएको बताए ।

 

प्रतिक्रिया