एमालेको पदयात्रा आज अमरगढी पुग्दै
काठमाडौं– नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आज अमरगढी पुग्दैछ । बिहीबार जुलाघाटबाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेसनको रुपमा गोठलापानी, बैतडी पुगेको हो ।
हाल पुष्पलाल राजमार्गसमेत भनिने मध्य पहाडी राजमार्गको करिब १ हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवा भञ्ज्याङमा पुगेर समापन हुने कार्यक्रम रहेको छ ।
‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिको लागि संकल्प यात्रा’ नाम दिइएको उक्त पदयात्राको क्रममा मध्य पहाडी राजमार्गका मुख्य सहरहरुमा आमसभा गर्ने एमालेले जनाएको छ ।