घाँसीकुवा बस दुर्घटना अपडेटः २ यात्रुको मृत्यु, को–को हुन् त मृतक ?


दमौली — तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घटनामा चालकसहित अन्य ३४ जना घाइते छन् । बुधबार बिहान धरानबाट पोखरार जाँदै

गरेको ग १ ख ७८९५ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३६ जना घाइते थिए । दुईजनाको चाहिँ दमौलीमा उपचारको क्रममा निधन भएको हो । मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राईको रत्नहरी अस्पताल र टोप बहादुर मगरको दमौली अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ । ८ जनालाई थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ । अन्यको पनि विभिन्न अस्पतालमा उपचार भैरहेको छ भने १ जना डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया