

लिभरपुल र म्यानचेस्टर सिटीले बाँडे अंक

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा शनिबार राति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ।
शीर्ष स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पाहुना टोलीसँग एकएक गोलको बराबरी खेलेको हो।
खेलको २७ औं मिनेटमा नै गोल गेर्दै अर्लिङ हाल्यान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा लिभरपुल एक गोलले पछि परेको थियो। तर खेल सकिनुभन्दा १० मिनेटअघि मात्र लिभरपुलका लागि एलेक्जेन्डर अर्नोल्डले गोल फर्काएका थिए। गएराति नै भएको खेलमा आर्नलले बेनफोर्डलाई एक शुन्यले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।
यो बराबरीसँगै सिटीले शीर्ष स्थान गुमाएको हो। लिभरपुल भने तेस्रो स्थानमा छ। यसअघि लिभरपुल दोस्रो स्थानमा थियो।

