बागबजारबाट हुण्डी र अनलाइन जुवा कारोबार गर्ने श्रेष्ठ पक्राउ, ९९ लाख बरामद


काठमाडौं – काठमाडौँबाट हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् ।

आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्युरोको टोलीले आरोपीतको बागबजारस्थित घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो ।

ब्यूरोले उनिबिरुद्ध राष्ट्र बैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ । उनले बिना अनुमति ‘क्यास एप’ लगायतका मोबाइल एप सञ्चालन गरेर हुण्डी, अनलाईन जुवा र क्रिप्टो करेन्सीको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया