दुर्गा प्रसाईंका समर्थक र युवासंघका कार्यकर्ताबीच बल्खुमा झडप (तस्वीरहरू)


काठमाडौं – काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनकारी  र  युवासंघको प्रदर्शनकारीबीच झडप भएको हो ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । ढुंगामुढाबाट केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको गरिरहेको छ भने युवा संघले तीनकुनेमा प्रदर्शन गरिरहेकाे छ ।

No description available.

No description available.

No description available.

 

 

प्रतिक्रिया