भिजिट भरतपुर–२०२४ अभियान सञ्चालन हुने


काठमाडौँ – आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यका साथ ‘भिजिट भरतपुर–२०२४ अभियान सञ्चालन गरिने भएको छ । भरतपुर महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतको सहकार्यमा उक्त अभियान सुरु हुने भएको हो ।

बुधवार काठमाडौंमा ‘भिजिट भरतपुर–२०२४’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन गरिएको छ । सोही सम्मेलनमा बोल्दै सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकहरुलाई मध्यनजर गरी पर्यटन ऐन संशोधनको प्रक्रियामा रहेको बताएकी छिन् ।

उनले कतिपय नीतिका कारण पर्यटन क्षेत्र बलियो बन्न नसकेको औलाइन् । ‘हाम्रा सम्भावनालाई हामीले विकासमा नजोड्ने वा सम्भावनाको उपलब्धि कतै न कतै भनेजसरी हाम्रो हातमा नआउने भनेको हाम्रा कतिपय नीतिहरुले पनि हो । पर्यटन ऐन पनि संशोधनको प्रक्रियामा छ । हामी त्यसलाई विज्ञको सुझाव लिएर लामो दशकसम्म आम मान्छेको जीवनमा सरल बनाउने, आम पर्यटकहरुले त्यसलाई सरलीकृत गरेर अनुभव गर्नेगरी संशोधनको प्रक्रियामा अघि बढेको छ’ उनले भनिन् ।

प्रतिक्रिया