घरेलु मैदानमा यमनसँग नेपाल पराजित


काठमाडौं – विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार ब्यहोरेको हो ।

पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो ।

खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए ।

एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याम्दै ओमारको उत्कृष्ट प्रहारले जाली चुमेको थियो ।

खेल सकिन एक मिनेट अघि काउन्टर अट्याकमा अब्दुल्लाह अल धानीले गोल गर्दै यमनको जित सुनिश्चित गरेका थिए ।

प्रतिक्रिया