टिकटक प्रतिबन्धविरूद्धको रिटमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाउ आदेश जारी, भएन अन्तरिम आदेश


काठमाडौं – सरकारले टिकटकमाथि प्रतिवन्ध गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

निवेदकको माग बमोजिम अन्तरिम आदेश भने जारी भएको छैन ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ ।

टिकटकप्रतिबन्धविरूद्ध १४ जना रिट परेका थिए ।

प्रतिक्रिया