


ललितपुर प्रशासनले गर्यो ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा (आदेशसहित)

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि निषेधित क्षेत्र तोकेको छ।
प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले मंगलबार आदेश जारी गर्दै पुल्चोकस्थित मन्त्री निवास र युएन हाउस क्षेत्रको सुरक्षा संवेदनशीलताका लागि भन्दै निषेधित क्षेत्र तोकेका हुन्।
प्रशासनले आगामी ६ महिना सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जारी आदेशमा जनाइएको छ ।
‘मंसिर ५ गतेदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई नाराजुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ प्रजिअ पण्डितले जारी गरेको आदेशमा भनिएको छ।

