बढ्यो सुनचाँदीको मूल्य


काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तय गर्दै हिजोको तुलनामा बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ ।

महासंघले आज तोलामा ५ रुपैयाँले बढेर चाँदी कारोबारमा आएको जनाएको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय ५०० रुपैयाँ छ । हिजो तोलामा १४ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया