बढ्यो सुनको मूल्य


काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलाको एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया