रूकुममा फेरि भूकम्पको धक्का महसुस


सुर्खेत – रूकुम पूर्वमा आज पनि भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटक-पटक परकम्प गइरहेको छ।

 

प्रतिक्रिया