फाइनलमा भारत दबाबमा, गुमायो ३ महत्वपूर्ण विकेट


काठमाडौं — विश्वकप क्रिकेटकाे उपाधिका लागि फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ थालेको भारत दबाबमा परेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा राम्रो सुरुवात गरे पनि १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएपछि भारत दबाबमा परेको हो ।

भारतको ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए । यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।

अहिले भारतका विराट कोहली र केएल राहुलले इनिङ सम्हाल्ने प्रयास गरिरहेका छन् ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाली कप्तान प्याट कमिन्ससहित ग्लेन म्याक्सवेल र मिचेल स्टार्क समान १ विकेट लिए ।

अहिले भारतले १७ ओभरमा ४ विकेट गुमाउँदै १०४ रन बनाएर खेलिरहेको छ ।

 

प्रतिक्रिया