
अस्ट्रेलियाले जित्यो टस, पहिले बलिङ गर्ने
काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ ।
तेस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित उच्च लयमा देखिएको आयोजक भारतलाई स्तब्ध बनाउने लक्ष्यसहित अस्ट्रेलियाले अहमदावादमा हुन लागेको फाइनलमा टस जित्दै बलिङ रोजेको हो ।
जारी विश्वकपमा अपराजित रहेको भारत विश्वकप उपाधिका लागि बलियो मनोबलमा रहेको छ भने ५ पटकको विश्वविजेता अस्ट्रेलिया पनि बलियो देखिएको छ ।



कागजपत्र |
