विश्वकप क्रिकेटः कोहलीको कीर्तिमानी शतकसँगै भारतले दियो न्यूजिल्याण्डलाई ३९८ रनको लक्ष्य


काठमाडौं– विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ३९० रनको लक्ष्य दिएको छ ।

भारतले पहिले ब्याटिङ गर्दै ३९७ रन बनाएर न्यूजिल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको हो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी ५० शतक बनाउँदै ११७ रन बनाए भने श्रेयस ऐयरले १०५ रन बनाए ।

त्यस्तै सुभमन गिलले ८० रन बनाउँदा रोहित शर्माले ४७ रन र केएल राहुलले ३९ रन बनाएका थिए ।

न्यूजिल्याण्डका लागि टिम साउथीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया