२ शतक र ३ अर्धशतकका साथ भारतले दियो नेदरल्यान्ड्सलाई ४११ रनको विशाल लक्ष्य


बेंग्लाेर – एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत जारी समूहचरणको अन्तिम खेलमा घरेलु टोली भारतले नेदरल्यान्ड्सलाई ४११ रनको विशाल लक्ष्य दिएको छ ।

बेंग्लोरमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको हो ।

भारतका लागि २ खेलाडीले शतक तथा ३ ले अर्धशतकीय पारी खेले । श्रेयर एय्यरले अविजित रहँदै सर्वाधिक १२८ तथा केएल राहुलले १०२ रन बनाए ।

यस्तै, कप्तान रोहित शर्माले ६१, शुभमन गिल र विराट कोहलीले ५१–५१ तथा सूर्यकुमार यादवले अविजित २ रन जोडे ।

नेदरल्यान्ड्सका लागि बस डे लीडेले सर्वाधिक ३ विकेट लिए ।

भारत समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेकाले उसका लागि यो खेल महत्वपूर्ण छैन । तर च्याम्पियन्स ट्रफीमा स्थान बनाउनका लागि नेदरल्यान्ड्सका लागि भने महत्वपूर्ण छ ।

घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्यान्डसँग नोभेम्बर १५ मा खेल्नेछ । यस्तै, दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियासँग भिड्नेछ ।

प्रतिक्रिया