एन्फाको विशेष साधारणसभा आज, अध्यक्ष नेम्वाङलाई बर्खास्ती गर्ने मुख्य एजेन्डा


काठमाडौं – अखिल नेपाल फुटबल संघ-एन्फाले बिहीबारका लागि विशेष साधारणसभा बोलाएको छ ।

अध्यक्ष पंकज नेम्वाङलाई बर्खास्ती गर्ने एजेन्डासहित हुन लागेको विशेष साधारणसभाका दुई तिहाइ सदस्यले बर्खास्तीको पक्षमा मतदान गरेमा नेम्वाङ पदमुक्त हुनेछन् ।

गत भदौमा एन्फाका बहुमत सदस्यले बर्खास्तीको माग गर्दै निवेदन दिएका थिए । त्यसपछि नेम्वाङले विशेष साधारणसभा बोलाएका हुन् ।

एन्फाको विशेष साधारणसभामा ८७ जनालाई मताधिकार रहने छ । नेम्वाङ एक वर्षअघि एन्फा अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिक्रिया