इन्डोनेसियामा ७.१ म्याग्निच्युडको भूकम्प


जाकर्ता – इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।

यूएसजीएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गराएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान ११ः५३ बजे ६ दशमलव नौ म्याग्निच्युडको भूकम्प आएको बताइएको थियो ।

इन्डोनेसियाली मौसम विज्ञान, जलवायु र भौगर्भिक एजेन्सी (बीएमकेजी)का अनुसार मुलुकको तनिमबार टापु समूहको सौमलाकी सहरमा भूकम्पको कम्पन मध्यमरूपमा महसुस गरिएको थियो ।

प्रतिक्रिया