सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ – सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटको छ ।

हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया