सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै घटेर १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै , चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया