उपाधि भिडन्तमा नेपालको खराब सुरुवात, ओमानले लियो तेस्रो विकेट


काठमाडौं – टी–२० विश्वकप छनोट फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । ओमानविरुद्धको फाइनल खेलमा नेपालले ७ ओभरमा दुवै ओपनरसहित ३ विकेट गुमाइसकेको छ ।

नेपाल अहिले ७.१ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ ।

नेपालका आशिफ शेख ६ रन, सन्दीप जोरा १० रन र कुशल भुर्तेल ३१ रन बनाएर आउट भए ।

अहिले कुशल मल्ल र रोहित पौडेल मैदानमा रहेका छन् ।

प्रतिक्रिया