ओमानविरुद्ध नेपाललाई पहिलो सफलता


काठमाडौंं – नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानको पहिलो विकेट लिएको छ।

नेपालका करण केसीले ओमानका कश्यप प्रजापतीको विकेट लिएका हुन्।

करणको बलमा आसिफ शेखले प्रजापतीलाई क्याच आउट गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।

समान दुई खेलमा ४ अंक भए पनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ। दुवै टोली समूह ‘ए’बाट सेमिफाइनलमा पुगेका छन्।

 

प्रतिक्रिया