
सिंगापुरविरुद्ध नेपाल विजयी
काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरविरूद्ध शानदार जित हात पारेको छ ।
सिंगापुरले टस जितेर दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ विकेटको क्षतिमा १६.३ ओभरमा उक्त रनको लक्ष्य प्राप्त गरेको हो ।
नेपालका लागि कुशल भुर्तेल ७४ रनमा आउट हुँदा आशिफ शेख २७ रनमा आउट भएका थिए । नेपालका लागि कप्तान रोहित पौडेल ३५ रन बनाए भने कुशल मल्लले १ बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।
नेपालको इनिङमा जम्मा १२ चाैका ६ छक्का प्रहार भएका थिए ।
सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले १/१ विकेट लिएका थिए ।
त्यसअघि अविनाश बोहोराको ३ विकेटको मद्दतले सिंगापुरलाई नेपालले २० ओभमा १४५ रनमा ९ विकेटमा रोकेको थियो । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र गुल्सन झाले समान २/२ विकेट हात पारेका थिए ।
सिंगापुरका लागि रोहन रंगराजले विस्फोटक ४६ रनको पारी खेलेका थिए । उनले ३० बलमा ९ चाैका र १ छक्का हान्दै उक्त रन बनाएका थिए ।



कागजपत्र |
