

विश्वकप क्रिकेटः भारतद्वारा इङ्ल्याण्ड पराजित

काठमाडौंं – इङल्यान्डलाई एकसय रनले पराजित गर्दै आयोजक भारत आईसीसी विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। यससँगै जारी विश्वकपमा भारतले लगातार ६ खेल जितेको छ।
लखनाउमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले इङल्यान्ड सामु निर्धारित ५० ओभरमा २२९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको इङल्यान्ड ३४ दशमलव ५ ओभरमा १२९ रनमा अलआउट भयो।
भारतका लागि कप्तान रोहित शर्माले १०१ बलमा ८७ रन जोडे। केएल राहुलले ३९ र सूर्यकुमार यादवले ४९, जसप्रित ब्रुमाहले १६ रन बनाएर।
बलिङतर्फ इङल्यान्डका डेभिड विल्लेले सर्वाधिक तीन विकेट लिए। क्रिस वोक्स र अदिल राशिदले समान २–२ विकेट लिए। मार्क उडको नाममा एक विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको इङल्यान्डका दुवै ओपनर चल्न सकेनन्। जोनी ब्रेस्टोले १४ र दविड मलानले १६ रन जोडे। लाइम लिभिङस्टोनले सर्वाधिक २७ रन जोडे। अन्य खेलाडी घरेलु बलर सामु चल्न सकेनन्।
पाहुुना टोलीलाई सस्तैमा समेट्न मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । जस्प्रित ब्रुमाहले तीन, कुलदीप यादवले दुई र रवीन्द्र जडेजाले एक विकेट लिए।

