

दसैँमा अध्यागमन विभाग टिकाको दिन मात्र बन्द हुने

काठमाडौँ – दसैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन विभागको सेवा खुला रहने भएको छ ।
सोमबार एक सूचना जारी गर्दै अध्यागमन विभागले दसैँ–तिहारको छुट्टीको समयमा टिकाको दिन (विजया दशमी) मा मात्र सेवा बन्द रहने र बाँकी दिनहरूमा विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुल्ला रहने जनाएको हो ।
तथापि, यस्तो सेवा दसैँ तिहारको बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक दुई घण्टा मात्र सेवा प्रवाह हुने विभागले जनाएको छ । यस्तै कात्तिक २६ गतेदेखि ३० गतेसम्म चल्ने दीपावलीको अवसरमा समेत विभागले २९ गते भाइ टिकाको दिन पूर्ण रूपमा सेवा बन्द हुने र बाँकी बिदाका दिन सोही ११ बजेदेखि १ बजेसम्म २ घण्टा सेवा खुल्ला रहने जनाएको छ ।

